नेपालमा थप १८ जनामा काेभिड पुष्टि

काठमाडाैँ- नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ८ सय २२ पिसिआर परीक्षणका क्रममा १२ जना र १ हजार ५ सय २० एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मनत्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४ सय १४ पुगेको छ ।
कोरोनाका कारण शुक्रबार पनि कसैको ज्यान गएको छैन । हालसम्म नेपालमा ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ सय ७१ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ९ सय ६० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया