बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

नेपाल–भारतबीच व्यापार, पर्यटन र लगानीलाई सघन बनाउन राजदूत शर्मासँग आग्रह

काठमाडौँ– नेपाल उद्योग परिसंघले नेपालमा लगानी अभिवृद्धि, दुई देशबीच सहज विद्युत व्यापार, पर्यटन प्रवद्र्धन र व्यापार घाटा न्यूनीकरणका क्षेत्रमा प्रभावकारी काम अघि बढाउन भारतका लागि नवनियुक्त राजदूत डा शंकरप्रसाद शर्मासँग आग्रह गरेको छ । दुई देशबीचको आर्थिक सम्बन्ध थप विस्तार गर्न नेपालले त्यसबाट अधिकतम लाभ लिने गरी सार्वजनिक निजी साझोदारीमा काम गर्ने वातावरण निर्माणमा ध्यान दिन परिसंघले आग्रह गरेको हो । 

नवनियुक्त राजदूत शर्मासँगको छलफल कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानीको संभावना भए पनि सन्तोषजनक तरिकाबाट भारतीय लगानी भित्रिन नसकेको उल्लेख गरे । ‘नेपालमा उत्पादनमूकल एवं पूर्वाधार विकासको क्षेत्र भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य बनाउन सकिन्छ, यसमा सरकार र निजी क्षेत्र मिलेर काम गरौँ,’ अग्रवाललाई उद्धृत गर्दै सीएनआईले भनेको छ, ‘संस्थागत तवरमा नेपाल उद्योग परिसंघ आवश्यक सहजीकरणका लागि तयार छ ।’

उनले अर्थतन्त्रमा अहिले देखिएका असन्तुलन व्यवस्थापनका लागि पनि नेपालले भारतीय पर्यटक, लगानीकर्ता र ठूला कम्पनीलाई नेपालमा आकर्षित गर्न सक्नुपर्नेमा जोड दिए । 

‘ठूला अन्तर्राष्ट्रिय कम्पनीको उपस्थितिले देशको छवि परिर्वतनमा सहयोग पुर्‍याउँछ,’ अग्रवालले अगाडि भने ‘भारतका सूचना प्रविधि, उत्पादन एवं अन्य क्षेत्रका ठूला कम्पनी नेपालमा प्रवेश गर्दा अन्तर्राष्ट्रिय जगतमा त्यसले दिने सन्देश फरक हुन्छ, त्यसकारण पनि हामीले उनीहरूलाई नेपालमा आकर्षित गर्नुपर्छ ।’
नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग उच्च व्यापार घाटा छ । त्यसको न्यूनीकरणका लागि नेपाली वस्तुको सहज निर्यातमा पनि परिसंघले जोड दिएको छ । यसैगरी भारतीय बजारमा ऊर्जाको उच्च माग रहेकाले नेपालबाट विद्युत निर्यातमा सहजीकरण गर्न पनि परिसंघले राजदूत शर्मासँग आग्रह गरेको छ । 
छलफलमा राजदूत शर्माले लगानी र निर्यात अभिवृद्धिका क्षेत्र पहिचान गरेर सरकार र निजी क्षेत्रले संयुक्तरूपमा काम गर्न सक्ने उल्लेख गरे । उहाँले दुई देशका निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी लगानीमा सहजीकरण गराउनेतर्फ आफूले पहल गर्ने बताए । 

‘हाम्रा कतिपय कानुनी व्यवस्थासँग म आफैँ पनि सन्तुष्ट छैन, संशोधन गरेर लगानीकर्तामैत्री बनाउन जरुरी छ,’ उनले भने, ‘आवश्यक नीतिगत र कानुनी व्यवस्था गरेर लगानीकर्तालाई सहजीकरण गर्न जरुरी छ ।’ उनले उच्चस्तरीय दुई पक्षीय भ्रमणका माध्यमबाट पर्यटन तथा लगानी प्रवद्र्धनमा योगदान पुर्‍याउन सकिने बताए । 
छलफलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालबाट भारतमा सिमेन्ट निर्यातको संभवाना रहेको उल्लेख गरे । मोरले दुई देश छिमेकी मात्रै नभइ सामाजिक तथा सांस्कृतिक रूपमा निकै नजिक रहेकाले धार्मिक पर्यटन प्रवद्र्धनको गर्नुपर्नेमा जोड दिए । यसैगरी परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले दुई देशबीचका सन्धी सम्झौताको समयानुकूल परिवर्तन हुनुपर्ने धारणा राखेका थिए । 

छलफल कार्यक्रममा परिसंघले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारका लागि राजदूत शर्मालाई विभिन्न लिखित सुझाव उपलब्ध गराएको छ । कार्यक्रममा परिसंघका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल र रोहित गुप्ताका साथै विभिन्न काउन्सिलका सभापतिहरू तथा नेपालमा सञ्चालनमा रहेका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरू उपस्थित थिए । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्षका रूपमा काम गरिसक्नु भएका शर्मा राष्ट्रपतिबाट भारतका लागि नेपाली राजदूत नियुक्त भइसकेका छन् । उनले अमेरिकाका लागि नेपाली राजदूतको रूपमा आफ्नो कूटनीतिक क्षमता प्रदर्शित गरिसकेका छन् । 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता