‘चिसो मान्छे’ टिजर, स्वस्तिमाको यौन मनोविज्ञानको झलक
काठमाडौँ - असार ३ मा प्रदर्शन हुने फिल्म ‘चिसो मान्छे’ले टिजर सार्वजनिक गरेको छ । १ मिनेट लामो टिजरले फिल्मको कथा र चरित्रलाई दर्शकसँग साक्षात्कार गराउने प्रयास गरेको छ ।
टिजरमा अर्पण थापा दुई भिन्न फ्रेममा दाह्री काटिरहेको देखिन्छन् भने स्वस्तिमा चिया खाँदै उनलाई हेरिरहेकी छिन् । देशभक्त खनालले उनको त्यो हेराइलाई भंग गर्ने प्रयास गरेका छन् ।
यसपछि आउने दृश्यले ट्रकमा राखिएको लासलाई फोकस गर्छ र त्यो ड्रोनसटसँगै टाढा टाढा हुँदै जान्छ । छायांकार, लेखक र निर्देशकको तेहरो जिम्मेवारी सम्हालेका दीपेन्द्र के खनालले फिल्मको छोटो दृश्यमार्फत स्वस्तिमाको अतृप्त यौन चाहानालाई संकेत गरेका छन् ।
फिल्मले लास लिएर यात्रामा निस्कने तीन चरित्रको कथा प्रस्तुत गर्छ । लेखक तथा निर्देशकले फिल्ममा प्रयोग गरेको संवादले पात्रहरू कर्णालीको कुनै भेगलाई प्रतिनिधित्व गर्ने पनि बुझ्न सकिन्छ ।
यसअघि वैशाख ३० लाई प्रदर्शन मिति तोकेको फिल्मले स्थानीय निकायको चुनाव सोही मितिमा घोषणा भएपछि सारेर असार ३ मा पुर्याएको हो । यसअघि यो फिल्मको पोस्टरले भने सामाजिक सञ्जालमा राम्रै प्रशंसा पाएको थियो । ‘बुलबुल’पछि स्वस्तिमाले अभिनय गरेको यो फिल्मलाई प्रतीक्षित फिल्मको रुपमा हेर्ने गरिएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया