राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मी उपाधिनजिक

कैलाली- त्रिभुवन आर्मी क्लब कैलालीको धनगढीमा जारी दोश्रो ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को फाइनलमा पुगेको छ। शुक्रबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा एपीएफ क्लबलाई ३–१ को सेटले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो।
आर्मीले २५–२१ र २५–१६ ले पहिलो र दोस्रो सेट जितेको थियो भने तेस्रो सेट २४–२६ ले गुमाएको थियो। चौथो सेट २५–१८ ले जित्दै आर्मी फाइनलमा पुगेको हो। दोस्राे सेमिफाइनल खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुने छ । सेमिफाइनलमा जित हासिल गर्ने टिमले उपाधिका लागि शनिबार आर्मीसँग खेल्नेछ।
प्रतियोगिताको बिजेताले नगद चार लाख, उपबिजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने छ।

युट्युबबाट सीप सिकेर उद्यम
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

प्रतिक्रिया