दक्षिण कोरियाको प्रजनन दरमा लगातार पाचौँ वर्ष पनि न्यून

सोल- दक्षिण कोरियाको प्रजनन दरले गत पाँच वर्षमा रेकर्डको न्यूनता तोडेको छ ।
कोभिडलगायतका परिस्थितिका कारण मानिसहरूले विवाह गर्न र बच्चा जन्माउनबाट अलग रहँदा प्रजनन् दरमा पनि कमी देखिएको बिहीबार सार्वजनिक दक्षिण कोरियाली तथ्याङ्कले देखाएको छ ।
कोरियाली तथ्याङ्क कार्यालयका अनुसार महिलाको जीवनकालमा हुने औसत सङ्ख्याको अनुमान गर्ने प्रजनन दर वर्षमा ०.०३ बाट घटेर २०२१ मा ०.८१ पुगेको हो । सन् २०१७ देखि पाँचौ वर्षको लागि अघिल्लो रेकर्डको न्यूनता तोडेर सम्बन्धित तथ्याङ्क संकलन गर्न थालेदेखि यता यो सबैभन्दा कम होे ।
महामारीका कारण व्याप्त निराशा, युवा पुस्ताले छोराछोरी हुर्काउन पर्ने महँगो खर्च, युवाहरूको बेरोजगारी र आवासको बढ्दो मूल्यबीच विवाह गर्न ढिलाइ गर्दा प्रजनन दरमा उच्च न्यूनता देखिएको हो ।
सन् २०२० मा मुलुकको जनसंख्या पाँच करोड १८ लाख ४० हजार रहेकोमा सन् २०२१ मा यो पाँच करोड १७ लाख ५० हजार पुगेको बताइएको छ । प्रति परिवारका सदस्यहरूको औसत संख्या २० बर्ष पहिलेको ३.१२ बाट घटेर सन् २०२० मा २.३४ कायम भएको थियो ।
सन् २००० मा एकल परिवारको प्रतिशत १५.५ प्रतिशत रहेकोमा सन् २०१० मा यो सङ्ख्या २३.९ प्रतिशत कायम भएको थियो, जुन सन् २०२० मा ३१.७ प्रतिशत पुगेको छ ।
दक्षिण कोरियालीहरूको आयु सन् २०१४ मा ८१.८ प्रतिशत, २०१६ मा ८२.४ प्रतिशत र २०१८ मा ८२.७ प्रतिशतको निरन्तर उकालो चढ्दै सन् २०२० मा ८३.५ वर्ष कायम भएको छ ।
सन् २०२१ मा प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरूमा निजी शिक्षा सहभागिता दर ७५.५ प्रतिशत भएको छ । यो गत वर्षको तुलनामा ८.४ प्रतिशतको वृद्धि हो । (सिन्ह्वा)

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया