युद्धका कारण यूक्रेनबाट विस्थापित एक लाखलाई अमेरिकाले आश्रय दिने

ब्रसेल्स- युद्धका कारण यूक्रेनबाट विस्थापित भएका एक लाख नागरिकलाई अमेरिकाले आश्रय दिने भएको छ ।
रूसको आक्रमणका कारण लाखौँ मानिस यूक्रेनबाट विस्थापित हुनु परेकाले तीमध्ये एक लाखलाई अमेरिकाले आश्रय दिने भएको हो ।
अमेरिकाले अरु एक अरब अमेरिकी डलर पनि सहयोग गर्ने घोषणा गरेको छ । सो रकम यूक्रेनमा उत्पन्न मानवीय संकट समाधानका लागि प्रयोग गरिने अधिकारीहरुको भनाइ छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार दिएको जानकारी अनुसार, मानवीय सहायता अन्तर्गत खाद्य पदार्थ, आश्रयका लागि आवश्यक सामग्री, सफा पानी, स्वास्थ्य सामग्री लगायतका सहयोग प्रदान गरिने भएको हो । , १० चैत (एएफपी)

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया