निर्माण नसकिँदै पोखरा विमानस्थलका पूर्वाधार हस्तान्तरण गर्ने तयारी

पोखरा - निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ९३ प्रतिशत सकिएको छ । अझै ७ प्रतिशत काम बाँकी हुँदै हालसम्म बनिसकेका पूर्वाधार हस्तान्तरण गर्ने तयारी गरिएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका बेला निर्माण पूरा भएका पूर्वाधार हस्तान्तरण गर्न लागिएको विमानस्थल श्रोतले जनाएको छ । रनवेदेखि ट्याक्सी वे, टर्मिनल भवन सहित अधिकांश संरचना निर्माण भैसकेको छ । गएको जुलाई १० मै काम सकेर हस्तान्तरण गर्ने भनिएको विमानस्थल कोरोना संक्रमणका कारण १ वर्ष पछि सरेको हो ।
आयोजना प्रमुख विनेश मुनन्कर्मीले भने औपचारिक जानकारी नआएको बताए । ‘शनिबार कार्यक्रम गर्ने कुरा फाइनल हो । तर त्यसको मोडालिटी बारे औपचारिक जानकारी छैन,’ उनले भने, ‘पूर्वाधार हस्तान्तरणबारे केन्द्रमा छलफल भएको होला । यहाँ केही खबर छैन ।’ बनिसकेका पूर्वाधार हस्तान्तरण गर्दा खासै असर नपर्ने उनले सुनाए । ‘आफ्नो देशको हाई प्रोफाइल आउँदा हस्तान्तरण गर्न खोजेको हुन सक्छ । त्यो राम्रै पनि हो,’ उनले भने, ‘भोलिसम्म कार्यक्रमबारे जानकारी होला ।’
विदेशमन्त्री यी पोखरा आउने कार्यक्रम भने छैन । उनले काठमाडौंबाटै भर्चुअल माध्यममा सम्बोधन गर्ने र पोखरा विमानस्थलको निरीक्षण गर्ने बताइएको छ । उनी भोलिदेखि १३ गतेसम्म नेपाल भ्रमणका लागि आउन लागेका हुन् ।
पहिलो पटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले २०७३ सालमा विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । तर आवश्यक तयारी नपुगेको भन्दै १ वर्षसम्म काम सुरु हुन पाएन। चीनको सिएएमसीईले निर्माणको जिम्मा पाएको छ । न्युज कारखाना

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया