कुलमान भन्छन्- लोडसेडिङ हुन दिन्नौँ
प्राधिकरण भन्छ- भारतबाट आयात गरेर उद्योगलाई विद्युत् दिन्छौँँ'
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हुन नदिने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही समस्या आएको भए पनि व्यवस्थापन गरेर लोडसेडिङ हुन नदिने बताए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'केही अफ्ठेरो परेको छ । तर पनि व्यवस्थापन गर्छौँ । लोड सेडिङ हुन दिन्नौँ ।
त्यस्तै प्राधिकरणले भारतबाट आयात गरेरै उद्योगमा विद्युत् दिने जनाएको छ । भारतमा ऊर्जा संकट भएपछि केही दिनयता उद्योगलाई दिने विद्युत् कटौती गरेको प्राधिकरणले बिहीबार मध्यरातिबाट फेरि भारतबाटै आयात गरेर उद्योगलाई विद्युत् दिने बताएको हो ।
‘आज रातिबाट भारतबाट नै फरक मूल्यमा विद्युत आयात गर्छाैं,’ पत्रकार सम्मेलनमा प्राधिकरण प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, ‘भारतबाट आयात गरेर हामी उद्योगलाई विद्युत् दिन्छौं ।’
यो पनि
भारतबाट जम्मा २२ मेगावाट मात्रै खरिद

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

प्रतिक्रिया