जितु र साम्राज्ञी अभीनित 'ह्यारी कि प्यारी' को सुटिङ सकियो

काठमाडौँ- डा. कपिल रिजालको निर्देशनमा निर्माणाधिन रोमान्टीक कमेडी फिल्म 'ह्यारी कि प्यारी'को सुटिङ सकिएको छ । पर्वतबाट सुटिङ शुरु गरिएको फिल्मको करिब डेढ महिना लगाएर सुटिङ पूरा गरिएको निर्देशक डा. रिजालले जानकारी गराएका छन्।
डा. कपिलले फिल्म पूरै पारिवार बसेर हेर्न मिल्ने सिचुएसनल कमेडीमा निर्माण गरिएको जानकारीसमेत गराए। एक जमानामा एकसे एक हिट फिल्म दिएका निर्माता तथा गायक एवं गीतकार डा. भोला रिजालको बिआर प्रडक्सनको व्यानरमा दुई दशक लामो अन्तरालपछि निर्माणाधिन फिल्म डा भोला रिजालका पुत्र डा. कपिल रिजालले निर्देशन गरेका छन् ।
डा. कपिलले लण्डनमै बसेर अंग्रेजी भाषाका सर्ट फिल्महरु गिल्ट, साइलेन्स र कर्मा बनाइसकेका छन् भने नेपाल र लण्डनमा गरी एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। फिचरमा भने 'ह्यारी कि प्यारी' उनको डेब्यु फिल्म हो।
फिल्ममा जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाह शीर्ष भूमिकामा छन्। फिल्ममा जितु ह्यारी र साम्राज्ञी उनको प्यारीका रुपमा देखिनेछन्। जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय गरेका छन् ।
डा. कपिल रिजालको प्रस्तुति र निर्देशन रहेको फिल्ममा कथा निर्देशक डा. कपिल रिजाल, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यू निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुषाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहनेछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया