नेपालले खोप किन्न विश्व बैंकबाट ८ अर्ब ७० करोड ऋण लिने

काठमाडौँः विश्व बैंकले कोभिड–१९ विरुद्ध खोप किन्न नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर अर्थात् (८ अर्ब ७० करोड रुपैयाँ) दिने भएको छ । विश्व बैंकको सञ्चालक समितिले खोप किन्न विश्व बैंकसँग सहुलियत ऋण लिने नेपालको प्रस्ताव आज स्वीकृत गरेको हो ।
विश्व बैंकले खोपको समान र प्रभावकारी वितरणले मात्र नेपालको जनस्वास्थ्य क्षेत्रका चुनौती सम्बोधन हुने भन्दै प्रभावकारी खोप प्रणाली विकासका लागि ऋण सहायता उपलब्ध गराउन लागेको हो ।
विश्व बैंकका नेपाल, श्रीलंका र मालदिभ्सका लागि राष्ट्रिय निर्देशक रहेका फारिस हदाद जर्भोसले नेपाल सरकारले ७२ प्रतिशत जनसंख्यामा खोप पुर्याउने लक्ष्यलाई एक सशक्त साझेदारको रूपमा विश्व बैंकले सघाएको बताएका छन् । यो ऋण सहयोग मूलतः खोप खरिद, आपूर्ति र वितरणका लागि भएको स्पष्ट पारेका छन् ।
विश्व बैंकले यसअघि पनि नेपाललाई कोभिड–१९को आपतकालीन सामना गर्नका लागि २ करोड ९० लाख डलर सहुलियत ऋण सहयोग दिएको थियो ।

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सुन चाँदी दुबैको घटयो मुल्य

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

प्रतिक्रिया