सिंगटी हाइड्रोको आइपिओ खुल्यो

काठमाडौं : सिंगटी हाइड्रझ इनर्जी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्काशन गरेको छ । शुक्रबारबाट खुलेको कम्पनीको आइपिओ १० गतेसम्म भर्नपाइनेछ । यद्यपि कम्पनीले २० गतेसम्म म्याद थप्न सक्नेछ ।
कम्पनीले आफ्नो जारी पूँजी एक अर्ब पैतालीस करोड रुपैयाँमध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका लागि छुट्याएको छ । १४ लाख ५० हजार कित्ता साधारण सेयर दोलखा जिल्लाको अति प्रभावितक्षेत्र बिगु र कालिन्चोक गाँउपालिकाका बासिन्दाहरूले पाउनेछन् ।
बाँकी २० प्रतिशत अर्थात् २९ करोड रकम बराबरको २९ लाख कित्ता साधारण शेयर मध्ये ५ प्रतिशत सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । २ प्रतिशत अर्थात् ५८ हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि छुट्टाइएको छ । बाँकी २६ लाख ९७ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुको निष्काशन गरिएको उल्लेख छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएको विवरण तथा विद्युत उत्पादन अनुमतीपत्रको आधारमा आयोजना प्रभावित क्षेत्र छुट्टाइएको कम्पनीले जानकारी दिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा रहेको जनाउँदछ। उक्त रेटिङ्गको अवधि २०२० अक्टोबर १६ देखि एक वर्ष अर्थात २०२१ अक्टोबर १५ सम्म रहनेछ।
२०७२ माघ २० मा कम्पनीले २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना, उत्पादन तथा सञ्चालन गर्न ऊर्जा मन्त्रालयबाट विद्युत उत्पादनको अनुमति पाएको थियो । कम्पनीले दोलखाको कालिन्चोक र बिगु गाँउपालिकामा रन अफ रिभरमा आधारित सिंगटी खोला जलविद्युत आयोजना (२५ मेगावाट) निर्माण गरिरहेको छ। उक्त आयोजनाको निर्माणकाे काम ९९ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सुन चाँदी दुबैको घटयो मुल्य

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’

प्रतिक्रिया