सृष्टि र मन्दिप ‘मिस्टर एण्ड मिस नेपाल टिन’

काठमाडौं - अभ्यानी प्रोडक्सनको आयोजनमा काठमाडौंमा भएको पाँचौं संस्करणको ‘मिस्टर एण्ड मिस नेपाल टिन’को उपाधि क्रमशः मन्दिप भुसाल र सृष्टि महर्जनले जितेका छन् । ‘मिस्टर नेपाल टिन’को उपाधि मन्दिपले चुम्दा प्रयास ओझा फस्ट रनर अप र निशान वाइवा सेकेण्ड रनर अप बने ।
‘मिस नेपाल टिन’ विजेता सृष्टिले अमेरिकाको मायामी राज्यमा नोभेम्बरमा हुने ‘मिस टिन युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगितामा ‘मिस नेपाल टिन चार्म’ बनेर फस्ट रनरअप जितेकी सृष्टि भुसालले कोलम्बियामा हुने एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । सेकेण्ड रनर अप शिवानी कापरले ‘मिस वर्ल्ड हेरिटेज’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
विधागत उपाधितर्फ सृष्टि महर्जन ‘मिस ट्यालेन्ट’, शिवानी कापर ‘मिस मल्टिमिडिया’, सृष्टि भुसाल ‘पिपुल्स च्वाइस’ र ‘मिस इन्टलेक्चुअल’, सदीक्षा खनाल ‘मिस फोटोजेनिक’, सञ्जना भण्डारी ‘मिस क्याटवाक’ र ‘मिस कन्फिडेन्ट’ र याशिका सिंह ‘ब्युटि विथ पर्पस’ भए ।
त्यसैगरी किशोरतर्फ निशान वाइवा ‘मिस्टर ट्यालेन्ट’ र ‘पिपुल्स च्वाइस’, प्रयास ओझा ‘मिस्टर मल्टिमिडिया’, प्रकाश बोहोरा ‘मिस्टर फोटोजेनिक’, रिशु शाह ‘मिस्टर मोडल’, मन्दिप भुसाल ‘वेस्ट वाक’ र राम एक्वाल यादव ‘हेन्डसम विथ पर्पस’ बने ।
प्रतियोगिताको निर्णायकमा कोरियोग्राफर महेश केसी, ‘मिस नेपाल युनिभर्स २०१९’ प्रदिप्ता अधिकारी, मोटिभेसनल स्पिकर तथा लिडरसिप ट्रेनर रोहित मल्ल, फिल्म निर्माता देवेन्द्र खड्का, महिला अधिकारकर्मी तथा ग्लायम वल्र्ड इन्टरटेनमेन्टका सिईओ प्रतिमा कार्की, वकिल तथा सर्वोच्च अदालतकी अधिकृत संगीता नापित थिए ।

प्रथम नेपाल तारा युकेको सांगीतिक यात्रामा

शनिवार ह्ययात ग्राउण्डमा नोरा फतेहीले नेपाली दर्शक नचाउँने

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

प्रतिक्रिया