वीपी प्रतिष्ठानले स्वास्थ्य बीमा गरेकालाई सेवा सुविधा कटाैती गर्ने

काठमाडौँ- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा गरेकाहरूलाई सेवा सुविधामा कटाैती गर्ने भएको छ ।
प्रतिष्ठानले बुधबार सूचना गरी ओपीडी, आकस्मिक तथा अन्तरङ्ग अन्तर्गतको सेवा प्रवाहकाे सुविधा कटाैती गर्ने भएको हो ।
आगामी मंगलबारदेखि (१५ गते) स्वास्थ्य बीमा गरेकालाई उक्त सेवा सुविधा नदिने प्रतिष्ठानले जनाएकाे छ ।
सरकारले प्रतिष्ठानलाई बीमावापतको रकम उपलब्ध नगराएकाले आर्थिक संकट चुलिँदै गएको बताएको छ ।
प्रतिष्ठानले गुणस्तरीय सेवा प्रदान गरेबापत पाउनुपर्ने रकम प्राप्त नगर्दा शिक्षक र कर्मचारीलाई पारिश्रमिक दिन गाह्रो भएको उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बताए ।
'रकम अभावमा अस्पतालको दैनिक खर्चमा समेत समस्या भइसकेको छ,' उनले भने । स्वास्थ्य बीमा सञ्चालन गर्दा देखिएका प्राविधिक तथा अन्य समस्याहरूको सहजीकरण गर्न पटक-पटक सरोकारवाला निकायलाई आग्रह गर्दा बेवास्ता गरिएको गिरीले आरोप लगाए ।
प्रतिष्ठानले वि.स. २०७४ साल साउनदेखि स्वास्थ्य बीमा बोर्डबाट बीमा गरेकालाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया