डाबरको स्यानिटाइजरमा प्रतिबन्ध

काठमाडौँ : बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालीले उत्पादन गर्ने स्यानिटाइजरमा सरकारले प्रतिबन्ध लगाएको छ । डाबरको एक लिटर र ७५ मिलिलिटरको ह्यान्ड स्यानिटाइजर न्यून गूणस्तरको पाइएपछि औषधि व्यवस्था विभागले उत्पादन तथा बिक्री रोक्का गरेको हो ।
विभागले बजार अनुगमनका क्रममा स्यानिटाइजरको नमुना परीक्षण गरेको थियो । परीक्षणका क्रममा न्यून गूणस्तरको पाइएको विभागले जानकारी दिएको छ ।
औषधि व्यवस्था विभागले उद्योगलाई बजारबाट स्यानिटाइजर फिर्ता लिन निर्देशन दिएको छ । विभागका अनुसार ती स्यानिटाइजरमा मापदण्डअनुसार अल्कोहल नपाइएको उल्लेख छ ।
डाबरसँगै आर्या फर्मा ल्याबको स्यानिटाइजरमा समेत प्रतिबन्ध लगाइएको छ । क्लिन वेल ब्राण्डको ५०० एमएल र १०० एमएलको स्यानिटाइजरको बिक्री रोक्का गरिएको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया