सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

अफगानिस्तानको घाटा बजेट पूर्ति गर्न मुद्राकोषबाट ४६ प्रतिशत ऋण

काबुल : अन्तर्राष्ट्रिय मुद्रा कोषले अफगानिस्तानका लागि २२ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ । 

चालू आर्थिक वर्षका लागि अफगानिस्तानको राष्ट्रिय बजेटमा रहेको घाटा पूर्ति गर्न प्रदान गरिने उक्त ऋण करिब ४६ प्रतिशत रहेको स्थानीय संचार माध्यमले जनाएका छन् ।

यो सहित अफगानिस्तानको कूल राष्ट्रिय ऋण एक अर्ब ५० करोड डलर पुगेको छ । मुद्राकोषले प्रदान गर्ने ऋण यसअघि अफगानिस्तानले तिर्नु बुझाउनुपर्ने ऋणको पुनर्भुक्तानीका लागि हो ।

अफगानिस्तानको पर्सियाली पात्रो अनुसार डिसेम्बर २१ देखि नयाँ आर्थिक वर्ष शुरु हुने गर्दछ । अफगानिस्तानको चालू आर्थिक वर्षको कूल बजेट करिब ६ अर्ब डलर रहेको छ जसमा करिब ४ अर्ब चालू खर्च र करिब २ अर्ब पूँजीगत खर्च रहेको छ ।

गृहयुद्ध र दिनहुँका हिंसाका कारण सङ्कटमा परेको अफगानिस्तानमा गरिबी, बेरोजगारी र सुख्खाले आम मानिसको दैनिक जीवन निकै कष्टमय बनाएको छ । 

अफगानी अधिकारीहरुका अनुसार सन् २०१९ मा करिब ५५ प्रतिशत अफगानी नागरिक गरिबीको रेखामुनि रहेका छन् । तर, विश्व बैंकको भनाईमा गत वर्ष गरिबीको रेखामुनि रहेका मानिसको संख्या ७२ प्रतिशतसम्म पुगेको छ । (सिन्ह्वा)

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु

इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी पाउँदै नागरिक

इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी प…

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि तयार : जेलेन्स्की

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि तयार : जेलेन्स्की

युक्रेनबाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तर कोरियाली सैनिकको ठूलो हात छ : पुटिन

युक्रेनबाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तर कोरियाली सैनिकको ठूलो हात छ : पुटिन

इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने- ‘इजरायलको शत्रु हमास होइन, नेतान्याहु हुन्’

इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने- ‘इजरायलको शत्रु हमास होइन, नेतान्य…

भारतको डटेर सामाना गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्रीद्धारा यूम ए ताशाकुरको घोषणा

भारतको डटेर सामाना गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्रीद्धारा यूम ए ताशाकुरको …

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि