पलको बयान सकियो, म्यानेजरको बाँकी

तनहुँ - नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले नायक पल शाहको बयान लिएको छ । मंगलबार जिल्ला अदालत तनहुँले उनको बयान लिएको हो ।
पलको बयान लिएर सकिएको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णु तिम्लिसिनाले बताए । उनका अनुसार दिउँसो करिब ३ बजेदेखि साढे ५ बजेसम्म पलको बयान लिइएको थियो ।
उनका म्यानेजर कृष्णप्रसाद जोशीको बुधबार १० बजेपछि बयान लिने उनले बताए । ‘पल शाहको बयान सकियो । म्यानेजरको बयान लिन बाँकी छ । भोलि सुरुमै बयान लिन्छौं’, उनले भने ।
प्रहरी हिरासतमा रहेका नायक शाह विरुद्ध मंगलबार नै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको थियो । सोमबार तनहुँ प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
जोशीको बयान सकिएपछि जाहेरवाला र प्रतिवादी पक्षका कानुन व्यवसायीबिच बहस चल्नेछ । दुवै पक्षका आधा दर्जन कानुन व्यवसायीले बहस गर्ने बुझिएको छ । यो संख्या थपघट हुनसमेत सक्नेछ ।
दुई पक्षको बहस सुनेर मिसिलमा संग्लन प्रमाणको आधारमा जिल्ला अदालत तनहुँले थुनछेकको आदेश जारी गर्नेछ । प्रमाण पुगेको खण्डमा पुर्पक्षका लागि शाह र जोशीलाई थुनामा पठाइन्छ । प्रमाण पुगेन भने धरौटीमा रिहा हुनेछन् ।
१२ देखी १४ वर्षको कैद सजाय माग गर्दै पलविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएको हो । उनका म्यानेजर जोशी मतियार भएकाले आधा सजायको माग गरिएको छ ।
११ फागुनमा उदयमान एक गायिकाको अभिभावकले जिल्ला प्रहरी कार्यालय तनहुँमा आएर जर्वजस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएका थिए । पलले अन्तिम पटक तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा जर्वजस्ती बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
बालिकाको अभिभावकले उजुरी दिएपछि १५ फागुनमा पल आफैँ जिल्ला प्रहरी कार्यालय तनहुँमा आएर अत्मासमर्पण गरेका थिए । सोही दिन उनलाई जिल्ला अदालत तनहुँले अनुसन्धानका लागि सात दिनको दिएको थियो । त्यसपछि १२ दिनको म्याद थपिएकोमा बिहीबार सकिएको थियो । बिहीबार फागु पूर्णिमाको बिदा परेकाले शुक्रबार अदालतले पाँच दिनको म्याद थपेको थियो ।
उनका म्यानेजर जोशीलाई पनि २७ फागुनमा दमौलीबाट लिएर अनुसन्धान गरिएको थियो । पल नवलपुर प्रहरीमा पनि उजुरी परेको थियो । २३ फागुनमा उनलाई तनहुँ प्रहरीले नवलपुर प्रहरी समक्ष अनुसन्धानका लागि बुझाएको थियो । १ चैतमा नवलपुरबाट तनहुँ ल्याएर प्रहरीले थप अनुसन्धान गर्यो ।
नवलपुर जिल्ला अदालतमा गत बिहीबार पलविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले पलविरुद्ध अभियोगपत्र दायर गरेको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गर्दै अभियोग पत्र दायर भएको हो ।

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक ( भिडियोसहि…

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

प्रतिक्रिया