संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनका विषयमा पुनः मतदान गर्ने

काठमाडौँ - संयुक्त राष्ट्र संघको महासभाले युक्रेनसम्बन्धी प्रस्तावको मस्यौदामा बुधबार मतदान गर्दैछ ।
महासभाका प्रवक्ताका अनुसार युक्रेनमा रुसको विशेष सैन्य कारबाही शुरु भएयता यो दोस्रो यस किसिमको प्रस्ताव हो ।
महासभाको ११ औं आपतकालीन विशेष सत्र महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले पुनः शुरु गर्न अनुरोध गर्ने पत्र प्राप्त गरेपछि आयोजित हुनेछ ।
प्रवक्ता पाउलिना कुबियाकले एक इमेलमा पत्रकारहरूलाई सम्प्रेषण गरेअनुसार युक्रेन र अन्य सदस्य राष्ट्रहरूद्वारा प्रायोजित मस्यौदा प्रस्ताव पेश गरिएको छ र छलफलको प्रक्रियामा छ।
कूटनीतिक स्रोतका अनुसार संयुक्त राष्ट्रसंघको नयाँ मस्यौदा प्रस्तावमा मानवीय अवस्थालाई केन्द्रित गर्दै नागरिक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि विशेष आव्हान गरिएको छ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया