छिट्टै जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेस गर्नेछौंँ : भुषाल

काठमाडौँ - ऊर्जा मन्त्री पम्फा भुषालले पानीको समुचित र सही मात्रामा उपभोग गर्नुपर्ने बताएकी छिन् । पानी प्रकृतीको अमूल्य उपहार भएको र यसको हालसम्म कुनै विकल्प नभएको बताएकी हुन्। विश्व पानी दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै भुषालले हाल प्राकृतिक सम्पदा आफ्नो बनाउन कतिपय शक्ति राष्ट्र लागेको भन्दै केही विद्धानहरूले पानीको कै कारण विश्व युद्ध हुने भनेको कुरा समेत स्मरण गरिन् ।
पानीको एकीकृत विकास गर्नुपर्ने बताउँदै 'राष्ट्रिय जलस्रोत नीति २०७७' जारी भैसकेको बताउँदै यसलाई सरकारले कानुनमा रूपान्तरण गरी कार्यन्वयन गर्न जलस्रोत ऐनको मस्यौदा समेत तयार भैसकेको र केही राय सुझाव लिएर संसदमा लैजाने भुषालले बताइन् ।
जल तथा ऊर्जा आयोगबाट एकीकृत नदी बेसिन योजना समेत सम्पन्न हुने क्रममा रहेको यसलाई १५ आवधिक योजनाको जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रूपमा राखेको बताइन् । सरकार जल संरक्षण तथा संवर्द्धन प्रतिवद्ध रहेको र भूमिगत जलको सचेतना फैलाई यसलाई दीर्घकालिन असर नपर्ने गरि प्रयोग गर्नुपर्ने समेत भुषालले बताइन् ।
भूमिगत जलस्रोतको संरक्षण हुने गरी तय गरिएको नीति र कार्यक्रमको कार्यान्वयन गर्न जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै उनले त्यसका लागि आमनागरिकको सचेतनामा समेत ख्याल पुर्याउनुपर्ने बताइन्।
जल तथा ऊर्जा आयोगको सचिव दिनेश घिमिरेले सरकारले जलस्रोत नीति ल्याएको र यसलाई कानुनी रूप दिने गरि काम भैरहेको बताए ।
राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्रलाल कर्णले नेपालको चुरे क्षेत्र तराईका जिल्लालाई पानी दिने प्रमुख स्रोत भएको हुँदा चुरे क्षेत्र विनाशले तराईमा पानीको ठूलो समस्या हुने बताए । प्रधानमन्त्री कार्यालयका सचिव मणिराम गेलालले हाल विश्वमा २.२ अर्ब मानिसले सुरक्षित पिउने पानी प्रयोग गर्नबाट बन्चित रहेको बताए । रिन्युऐवल र नन-रिन्यूऐवल पानीको अवस्था हेरेर संरक्षण गर्नुपर्ने बताए ।
हाल रहेको राष्ट्रपति चुरे संरक्षणको नामलाई राष्ट्रपति चुरे भावर संरक्षण भनेर नामकरण गर्दा यसले भावर क्षेत्रलाई समेत समेट्ने बताए ।
लोक सेवा आयोगका सदस्य माधव बवेलबासेले नेपालमा करिव १३ अर्व घनमिटर पानी प्रयोग गर्न सकिने बताए । हाल ५ लाख हेक्टरमा भूमिगत पानीबाट सिंचाई हुने गरेको बताए । हाल काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले करिव ३४ देखि ४३ प्रतिशतसम्म भूमिगत पानी प्रयोग गर्ने गरेको र हाल पानीको माग १ अर्ब ११ करोड लिटर पुगेको समेत बताए ।
प्रत्येक वर्ष २२ मार्चमा विश्व पानी दिवस मनाउने गरिन्छ । यस वर्ष पानी दिवसको नारा 'ग्राउण्ड वाटर मेकिङ द इन्भिजीबल भिजिवल' नारा रहेको थियो । दुई सत्रमा गरिएको कार्यक्रममा दोस्रो सत्रमा जलवायु परिवर्तन तथा भूमिगत पानी उपयोग र संरक्षण सम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो ।

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_LysmaNlpP3_wtuyrormlpkilk8vdfuzyzndvtvihd7zclxw04yhkaofafo1if6g77jabog2.jpg)
प्रतिक्रिया