क्यूआर कोड र डिजिटल उत्पादन प्रवर्द्धनका लागि साझेदारी

काठमाडौं – क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवर्द्धनका लागि नबिल बैंक र पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) बिच साझेदारी भएको छ । महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवर्द्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको हो ।
गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक कार्यक्रम बिच नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
वित्तीय साक्षरता, वित्तीय पहुँच र डिजिटल वित्तीय समाधानहरू मार्फत महिलाहरूलाई पर्यटन उद्यमहरू सञ्चालन गर्न तथा डिजिटल माध्यमहरुको प्रवद्र्धन गर्ने उदेश्यले गरिएको उक्त कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले यस सहकार्य महत्वपूर्ण हुने बताउदै यसले महिला व्यवसायीलाई डिजिटल बैंकिंङ क्षेत्रमा आबद्ध गर्दै दिगो विकास गर्नमा कोसेढुंगा सावित हुने बताए ।
त्यस्तै कार्यक्रममा टेवानका अध्यक्ष रेनु थापाले नबिल बैंकले टेवानलाई रोजेकोमा धन्यवाद दिदै महिला व्यवसायीको प्रवर्धनमा बैंक संग हातेमालो गर्दै सँगै अघि बढ्ने बताए । कार्यक्रममा केहि महिला उद्यमीलाई नबिल क्यूआर कोड पनि हस्तान्तरण गरिएको थियो ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

प्रतिक्रिया