तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट तथा इन्डिया आइडियाथन हुँदै

काठमाडौं – तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट तथा इन्डिया आइडियाथन चैत्र ९ गते काठमाडौंमा हुने भएको छ ।
यो कार्यक्रम अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (ईन) को तेस्रो संस्करणको एक अभिन्न अङ्गको रुपमा रहेको छ । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस कनक्लेभको आयोजना गरिएको आयोजकले जनाएको छ ।
यसै महोत्सव अन्तर्गत आउने वैशाखको ५ देखि ७ गते सम्म पहिलो पटक ‘ ईन्डिया–७५ आइडियाथन’ को आयोजना हुन लागेको हो । यो कनक्लेभ वर्ष २०२२ को फेब्रुअरी महिनाको पहिलो हप्तामा गर्ने तय भएको थियो तर महामारीले निम्त्याएको विषम परिस्थितिका कारण यसलाई मार्च महिनामा सारिएको थियो ।
उक्त कार्यक्रमको सह–आयोजकमा क्लकव बिजनेस इनोभेसन हो भने अन्य साझेदारमा जीएमआर, टाटा मोटर्स , टाटा मेडीटेक र टुटल समावेश छन् ।
उक्त कार्यक्रमका अघिल्ला दुई संस्करणमा, कनेक्ट (इन)ले नेपाल र भारतका युवा उद्यमहरू, लगानीकर्ताहरु, उद्यम पूँजीपतिहरू र विज्ञहरुलाई विचार बाढ्ने अवसर जुटाएको थियो । यसका साथै समस्या देखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुहरुमा एक अर्काका अनुभवहरु साटासाट गर्ने अवसर जुटाएको थियो ।
र एक आपसमा जोडिन एउटा प्रभावकारी मञ्च प्रदान गरेको थियो । भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीच बढ्दो सम्बन्धलाई थप मजबुत बनाउन अघिल्ला दुई संस्करणले हासिल गरेको सफलतालाई निरन्तरता दिने तेस्रो संस्करणको उद्देश्य रहेको छ ।
हालको संस्करणमा कनेक्ट (इन) ले भारत र नेपालमा आफ्नो पहिचान बनाउन सफल स्टार्टअपका संस्थापकहरुका सङ्घर्षको कथालाई समावेश गरेको छ । यी कथाहरुमा भारतको सबैभन्दा ठूलो सामाजिक ई–कमर्श र रिसेल पोर्टलहरु मध्येको एक मिशो तथा तथ्याङ्क विश्लेषण गर्दै जीवन विज्ञान र इन्जिनियरिङ्गबीच विद्यमान दूरी घटाउन प्रयासरत रहेको एक उदीयमान कम्पनी इलुसिडेट रहेका छन् ।
नेपालबाट चिरपरिचित फिनटेक प्लेयर एफवन सफ्ट ग्रुप तथा ई–कमर्श पोर्टल सस्तो डिल रहेका छन् ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

प्रतिक्रिया