एटलान्टा आक्रमण : सन्दिग्ध व्यक्तिविरुद्ध मुद्दा, एशियाली समुदाय आक्रोशित

एटलान्टा : अमेरिकाको एट्लान्टास्थित मसाज पार्लरमा गोली प्रहार गरी आठ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका सन्दिग्ध आक्रमणकारीविरुद्ध हत्याको अभियोग लगाइएको छ ।
अमेरिकी समय अनुसार गत मंगलबार भएको आक्रमणमा ज्यान गुमाउने मानिसमध्ये एशियाली मूलका छ महिला रहेका थिए । अहिलेसम्म आठ जनामध्ये चार जनाको सनाखत भएको बताइएको छ । आक्रमण जातीय भावनाबाट उत्प्रेरित थियो कि थिएन भनेर प्रहरीले पुष्टि गर्न सकेको छैन ।
सन्दिग्ध आक्रमणकारीलाई विभिन्न हत्या र सांघातिक आक्रमणको अभियोग लगाइएको छ । प्रहरीले उनको नाम रोबर्ट आरोन लङ भएको बताएको छ ।
स्थानीय प्रहरी अधिकारीका अनुसार लङले आफू ’यौन दुर्व्यसन’ मा परेको दाबी गरेका छन् । उनीसितबाट एउटा ह्यान्डगन बरामद गरिएको थियो भने पक्राउ गर्दा उनले प्रतिरोध गरेका थिएनन् ।
कतैकतै मसाज पार्लरमा यौन व्यापार हुने गरेको छ । तर स्थानीय अधिकारीहरूका अनुसार आक्रमण भएको स्थानमा त्यस्तो कुराको कुनै संकेत नदेखिएको बताइएको छ । आक्रमणपछि अमेरिकामा बस्ने एशियाली समुदायमा क्षोभ र आक्रोश देखिएको छ । (रासस)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया