लागुऔषध र करणी मुद्दाका आरोपी पक्राउ

काठमाडौँ – काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध गाँजासहित पर्सा जिल्लाको पर्सागढी नगरपालिका–९ बस्ने २५ वर्षीय मनोज कुमारलाई आज प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा प्र ०३–०१–००६ ख १५१७ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नाढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई ५०० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
उता ललितपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महागनरपालिका–२४ बस्ने जाजरकोट शिवालय गाउँपालिका–४ का २४ वर्षीय नवीन खत्रीलाई आज प्रहरीले पक्राउ गरेको छ ।
खत्रीमाथि ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका–२१ खोकना भैँसेपाटीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको आरोप छ ।
उक्त सूचना हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई आज पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया