एमाले सांसद बानियाँविरुद्ध बलात्कार मुद्दा दायर

काठमाडौं - नेकपा एमालेका निलम्बित सांसद मोहन बानियाँ मुछिएको बलात्कारसम्बन्धी मुद्दाको अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिल कार्यालय बाँकेले अदालतमा अभियोग पत्र दायर गरेको छ ।
अभियोग पत्रमा बानियाँले जाहेरवाली सुर्खेतकी एक महिलालाई नेपालगञ्ज–२ को अप्सरा होटलमा गत १८ माघमा बलात्कार गरेको तथ्य पुष्टि भएको उल्लेख छ ।
बानियाँले होटलको २१५ नम्बर कोटामा सुतिरहेको बेला बिहानको अन्दाजी ५ बजेतिर बलात्कार गरेको अभियोग पत्रमा भनिएको छ । सरकारी वकिल कार्यालय बाँकेका अनुसार बानियाँले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ (२) अनुसारको कसूर गरेको तथ्यबाट पुष्टि भएको छ ।
‘...सुर्खेतबाट नेपालगञ्ज ल्याई नेपालगञ्ज–२ स्थित रहेको होटल अप्सराको कोठा नं.२१५ मा राखेकोमा निजले ऐ.१९ गते विहान अन्दाजी ५ः०० बजेको समयमा जाहेरवाली सुतेकै बेला पैसा आइसक्यो ढोका खोल भनि भनेको हुँदा जाहेरवालीले ढोका खोल्दा साथ निज प्रतिवादी मोहनलाल बानियाँ जाहेरवालीको कोठामा प्रवेश गरी जाहेरवालीलाई डर, त्रास र धम्की दिई जबर्जस्ती करणी गरेको तथ्य पुष्टि हुन आएको हुँदा प्रतिवादी मोहन बानियाँले मुलुकी अपराध संहिता, २०७४ को दफा (२१९) (१) विपरीत दफा (२१९) (२) बमोजिमको जबर्जस्ती करणीको कसूर गरेको पुष्टि हुन आयो’, सोमबार अदालतमा दायर अभियोग पत्रमा उल्लेख छ ।
सरकारी वकिल कार्यालयले पीडित महिलालाई मनासिव क्षतिपूर्ति दिलाउन र संहिताको २१९ (३) (ङ) अनुसार सजायको माग दबी पनि गरेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया