८ दिनपछि नेप्सेमा १८ अंकको सुधार

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक साताको दोस्रो कारोबारमा सामान्य सुधार भएको छ। आजको कारोबारमा सेयर बजार परिसूचक १८.०७ प्रतिशतले बढेको छ ।
आइतबारको कारोबारमा करिव १५ अंकले घटेको नेप्सेमा आज तीव्र उतारचढावबीच अन्त्यमा सकारात्मकता तर्फ लम्किएको हो । गत साताको आइतबार १०१ अंकले बढेको बजार त्यसपछि क्रमश ओरालो लागेको थियो ।
सोमबार २६१६.५८ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २६३४.६५ अंकमा उकालो लागेको छ । अर्थात आज नेप्से परिसूचक ०.६९ प्रतिशतले बजार बढेको छ। आज 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक ०.३९ प्रतिशत अर्थात १.९२ अंकले बढेर ४९६ दशमलव ३० अंकमा उक्लिएको छ ।
सोमबार कारोबार भएका २ सय ३१ कम्पनीको सेयर कारोबारमा २ अर्ब ५९ करोड २७ लाख १८ हजार १ सय ३१ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। आज ५१ लाख ८९ हजार ८३ कित्ता सेयर ३७ हजार ९ सय ३९ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।
समूहगत परिसूचकमा आज ११ समूहको सेयर मूल्य बढेको छ भने २ समूहको सेयर मूल्य घटेको छ । आज विकास बैंक समूह २.९५ प्रतिशत तथा जलविद्युत समूह २.७३ प्रतिशतले बढेको छ । घट्ने समूहमा भने होटेल र पर्यटन समूह ०.४३ प्रतिशत तथा अन्य समूह १.९ प्रतिशतले घटेको छ।
दोहोरो अंकले बजार बढ्दा आज कारोबार भएका १ सय ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको सेयर मूल्य घटेको छ ।
आजको कारोबारमा बढी कमाउने कम्पनीमा इमर्जीङ नेपाल लिमिटेड, न्याग्दी ग्रुप पावर, माउन्टेन हाइड्रो , कर्णाली विकास बैंक, युनियन हाइड्रो नेपाल लगायत छन् ।
आज सर्वाधिक कारोबार हुनेमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रो पावर, जीवन बिकास लघुवित्त, अपी पावर कम्पनी, जीवन विकास लघुवित्त, अपी पावर कम्पनी, शिवम् सिमेन्ट लगायतका कम्पनी रहेका छन् ।
आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा नेपाल दुरसञ्चार प्राधिकरण, नविल डिवेन्चर,एनआइबीएल समृद्धी फण्ड, नविल प्रगति फण्ड तथा सिटिजन म्यचुल फण्ड रहेका छन् ।

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

प्रतिक्रिया