कांग्रेस सरकारको नेतृत्व लिन हट्न हुन्न : सिंह

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको अवस्थामा मुलुकलाई निकास दिनका लागि कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौं २९ घट्टेकुलोस्थित प्रहरी बिट उद्घाटन गर्दै नेता सिंहले वर्तमान अवस्थामा सरकारको नेतृत्व कांग्रेसले गर्नुपरे पनि पछि हट्न नहुने बताए ।
जनताले कम्युनिष्टलाई म्यान्डेड दिएपनि कम्युनिष्ट सरकार असफल देखिएको नेता सिंहले बताए । उनले संविधान विरोधी र लोकतन्त्र विरोधी काम गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई छिटो भन्दा छिटो हटाउनुपर्नेमा जोड दिए ।
५ बर्षको म्यान्डेड पाएको दलले सरकार चलाउन नसकेको वर्तमान अवस्थामा अर्को सरकार बनाएर बाँकी समयमा निर्वाचनको तयारी गर्नुपर्ने आफुहरूको धारणा रहेको उनले बताए । नेता सिंहले राजनीतिलाई सेवा भन्दा पनि स्वार्थ केन्द्रित गर्दा जनतामा निराशा छाएको बताए ।

युरोपेली संघको कूटनीतिक टोली काठमाडौँमा

स्वास्थ्यको कारण संसद् बैठकमा गएनन् प्रधानमन्त्री ओली, सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर…

एकीकृत समाजवादीले समान विचारधाराका वाम समूहलाई समाहित गर्ने

संसदीय समितिमा संवैधानिक परिषद् विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

प्रतिक्रिया