आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

‘क्रिप्टोकरेन्सीकै कारण दैनिक ५० करोड रूपैयाँ देशबाट बाहिरिन थाल्यो’

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टोकरेन्सीकै कारण दैनिक ५० करोड रूपैयाँ देशबाट बाहिरिन थालेको बताएका छन् । 

उनले सोमबार बिहान रुकुम सदरमुकाममा नेपाल पत्रकार महासंघ शाखा रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

सोधानान्तर घाटालाई बिस्तारै सुधार गर्दैै लगेको तथा तरलता अभाव केही दिन भित्रै समाधान उन्मुख भएकाले अर्थतन्त्र बिस्तारै लयमा आउने विश्वास दिलाए । अहिले अवैद्य डिजिटल कारोबारका कारण दैनिक ५० करोड रुपैयाँसम्म नेपाली मुद्रा बाहिरिन थालेको भन्दै यस्ता गतिविधि रोक्न सबै संयन्त्र परिचालन गरेको बताए ।

कुल वैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै उनले आगामी आवदेखि प्रत्येक बर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताए ।