अध्यक्ष ओली पार्टी विभाजन गर्न लागेका छन् : नेपाल-खनाल समूह
जनताको बहुदलीय जनवादलाई कार्यान्वयन गर्न देशभर प्रशिक्षण र भेला गर्ने

काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले अध्यक्ष केपी शर्मा ओली समूह पार्टी विभाजनको पक्षमा लागेको बताएको छ । बुधबार र बिहीबार भएको आफू पक्षीय नेताहरूको राष्ट्रिय भेलापछि आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूहरू एकताको पक्षमा उभिएपनि अध्यक्ष ओली विभाजनको पक्षमा देखिएको बताए ।
‘अध्यक्ष ओलीको हिजो एउटा अन्तर्वार्ता सुन्दै थिए, उहाँ अब नेताहरूसँग संवादमै बस्नुहुन्न रे । वार्तामा नबस्ने भन्ने व्यक्ति पार्टी विभाजनको पक्षमा लागेको हुन्छ कि हामी,’ प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘अमेरिकाका राष्ट्रपति र उत्तर कोरियाका नेताबीच त वार्ता हुन्छ । एउटै पार्टीका नेतासँग वार्ता गर्दिन भन्ने अध्यक्षको अभिव्यक्ति पार्टी मिलाउने खालको हो कि विभाजन गर्ने ?’
भेलाले २०७५ जेठ २ गतेसम्म रहेको पार्टी केन्द्रीय समिति, जनसंगठन र अन्य भ्रातृसंस्थालाई सक्रिय बनाउने निर्णय पनि गरेको छ । तर, त्यसमा अध्यक्ष ओली समूहले षडयन्त्र गरिरहेको आरोप भट्टराईले लगाए ।
भेलाले ०७५ जेठ २ गतेपछि भएका कुनै पनि निर्णय नमान्ने निर्णयसमेत गरेको छ । र, त्यही समितिका आधारमा बोलाइने बैठकमात्र सहभागी हुने निष्कर्ष पनि भेलाले निकालेको छ । ‘हामी ०७५ जेठ २ को समितिले बोलाउने बैठकमा सहभागी हुन्छौं । सडकबाट थपिने समितिको बैठकमा सहभागी हुँदैनौं,’ भट्टराईले भने ।
अध्यक्ष ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम र बजेटले पार्टीको घोषणापत्रमा उल्लेख समाजवादमा जाने नीतिलाई कार्यान्वयन गर्न नसकेको आरोप भेलाले लगाएको छ ।
भेलाले जनताको बहुदलीय जनवादलाई कार्यान्वयन गर्न अबका तीन महिना देशभर प्रशिक्षण र भेला गर्ने निर्णय गरेको छ । यी भेलाहरू भोलिबाटै सुरु गरिने उनले बताए ।

एकीकृत समाजवादीले समान विचारधाराका वाम समूहलाई समाहित गर्ने

संसदीय समितिमा संवैधानिक परिषद् विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

प्रतिक्रिया