प्रथम बागमती प्रदेश खेलकुद : फुटबलको उपाधि मकवानपुरलाई

मकवानपुर–घरेलु मैदानमा भएको फुटबल प्रतियोगितामा विजयी हुँदै मकवानपुरले शिल्ड र एक लाख हात पारेको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिता अन्तरगत फुटबलको उपाधि मकवानपुरले हात पारेको हो ।
आज आइतबार भएको फाइनल खेलमा ललितपुरलाई ट्राइबेकरमा ३–० गोल अन्तरले हराउँदै मकवानपुरले फुटबलको उपाधि हात पारेको हो ।
खेलको पहिलो हाफको ४ मिनेटमा ललितपुरका विक्की महर्जनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर, त्यो धेरै समय टिक्न सकेन । अग्रत लिएको तीन मिनेट पछि मकवानपुरका ललित चौलागाईंले बललाई जाली चुमाउँदै बराबरी बनाए । खेलको ३६ औं मिनेटमा मकवानपुरका समिरराज थोकरले थप एक गोल गरेर टोलीलाई खेलमा फर्काए ।
खेलको ६४ मिनेटमा ललितपुरका रोहित गिरीले एक गोल फर्काउदैं गोल बराबरीमा पु¥याएका थिए । निर्धारित समयमा बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको हो। ट्राइवेकरमा मकवानपुरले ललितपुरलाई ३–० गोल अन्तरले हराउदैं उपाधि हात पारेको हो । विजेता बनेको मकवानपुरले शिल्ड, एक लाख नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता ललितपुरले शिल्ड, ८० हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।
विजेता उपविजेतालाई नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले शिल्ड, नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।
क्रिकेटमा धादिङ र मकवानपुर फाइनल प्रवेश
चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी क्रिकेट खेलमा धादिङ र मकवानपुर फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा टस जितेर बलिङ मकवानपुरले बलिङ रोजेको थियो । मकवानपुरलाई चितवनले २० ओभरमा ४ विकेट गुमाएर १३५ को लक्ष्य दिएको थियो । मकवानपुरले लक्ष्य पुरा गर्न १३.४ ओभरमा ३ विकेट गुमाएर १३६ रन बनाउदैं ७ विकेटले विजयी हुदैं मकवानपुर फाइनल प्रवेश छ ।
त्यस्तै, दोस्रो खेलमा टस जितेर काभ्रेले वलिङ रोजेको थियो । धादिङले काभ्रेलाई ५ विकेट गुमाएर २० ओभरमा १९४ रनको लक्ष्य दिएको थियो । काभ्रे १० विकेटको क्षतिमा १४.३ ओभर खेल्दै ३९ रनमै सिमित हुन पुग्यो ।
धादिङ १५५ रनले विजयी हुदैं फाइनल प्रवेश गरेको छ । सोमबार धादिङ र मकवानपुरबीच फाइनल खेल हुने खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए ।
एथलेटिक्स खेल सुरु
काठमाडौंको दशरथ रंगशालामा आजबाट एथलेटिक्स अन्तरगतका खेलहरु सुरु भएका छन् । सिन्धुपाल्चोकको चौतारा कभर्डहलमा भोलिबाट कराँते खेल तथा काभ्रेमा महिला फुटबल र ९ गतेदेखि बक्सिङ खेल प्रतियोगिता हुने परिषद् सदस्य सचिव सुर्यलाल भण्डारीले बताए ।
प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया