‘नेपाल कम्युनिष्ट पार्टीको मृत्यु भएको दिन शोक गीत बजेन, लोक गीत गाइयो’
कांग्रेसको नेतृत्वमा सरकार बन्छ

काठमाडौँ : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको मृत्यु भइसकेकोल कांग्रेसले सरकारको नेतृत्व गर्न दाबी गर्ने बताएका छन् । तरुण दल स्याङ्जा भीरकोटले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै थापाले नेकपाको मृत्यु भएको दिन मलामी जाने कोही नभएको भन्दै टिप्पणी गरेका हुन् ।
‘नेपाल कम्युनिष्ट पार्टीको मृत्यु भएको दिन मलामी जाने कोही भएन । शोक गित गाइएन लोक गित गाइयो,’ उनले भने, ‘तीन वर्षअघि हाम्रै गाउँमा आएर भन्या होइन गयो कांग्रेस भनेर ? अहिले नेकपाले शासन चलाउने वैैधानिक अधिकार सकियो । संसद्मा अब एमाले, कांग्रेस माओवादी अरु मात्रै छन् ।’
थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शासकीय क्षमता नभएको आरोप लगाए । ‘प्रधानमन्त्री ओलीको शासकीय क्षमता छैन । भत्काउने, संसद्लाई, निर्वाचन आयोगलाई पंगू बनाउनु भएको छ,’ उनले भने, ‘यो बेलामा सरकारमा जानु कांग्रेसको कर्तव्य हो । रहर होइन । कांग्रेसले प्रधानमन्त्रीलाई घर पठाउनु पर्छ । कांग्रेसले सरकार बनाएर निर्वाचनमा जानुपर्छ । कांग्रेसले सरकारको नेतृत्व गर्ने कुरा गर्न मिल्छ मात्रै होइन दाबी गर्छ ।’

युरोपेली संघको कूटनीतिक टोली काठमाडौँमा

स्वास्थ्यको कारण संसद् बैठकमा गएनन् प्रधानमन्त्री ओली, सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर…

एकीकृत समाजवादीले समान विचारधाराका वाम समूहलाई समाहित गर्ने

संसदीय समितिमा संवैधानिक परिषद् विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

प्रतिक्रिया