चुन्ने र चुनिने खालको जनवादी अभ्यासमा जाने वित्तिकै राजनीति सुध्रिन्छ : वर्षमान पुन

काठमाडौँ : नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले राज्य सत्ता र राजनीतिक दलहरू समेत जनताको निगरानीमा रहनुपर्ने बताएका छन् । विकसित २१औं सताव्दीको समाजवादी व्यवस्थाको कुरा यसको मर्म भनेको जनताबाट चुनिनुपर्ने नै भएको उनले बताए ।
२३औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित ‘आजको समाजबाद र संगठनात्मक संस्कृति’ विषयक अन्तरक्रिया कार्यक्रममा पुनले चुन्ने र चुनिने खालको जनवादी अभ्यासमा जाने वित्तिकै राजनीति सुध्रिने जिकिर गरे ।
नेता पुनले अव लेनिनकालीन र माओकालीन नभई २०औं सताव्यदीका समाजवादी क्रान्तिबाट पाठ सिकेर विकास गर्नुपर्ने पनि बताए । फरक प्रसंगमा उनले प्रधानमन्त्री केपी ओलीले समाजवादको बाटो छोड्न खोजेकाले समस्या भएको जिकिर गरे ।
एक पटक नेता भएपछि सधैं नेता नहुने, एक पटक क्रान्तिबाट जन्मिएको सत्ता सधैं क्रान्तिकारी नहुने, नोकरशाही हुने खतरा रहेको बताउदै उनले राज्य सत्तालाई जनताको निगरानीमा राख्ने कुरा यसैको मर्म अनुसार आएको बताए ।

स्वास्थ्यको कारण संसद् बैठकमा गएनन् प्रधानमन्त्री ओली, सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर…

एकीकृत समाजवादीले समान विचारधाराका वाम समूहलाई समाहित गर्ने

संसदीय समितिमा संवैधानिक परिषद् विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रतिक्रिया