प्रधानमन्त्रीसँग किन रिस उठ्छ गगन थापालाई ?

काठमाडौँ : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीप्रति आफूले आक्रोस पोख्नुको कारणबारे बोलेका छन् । नेपाल तरुणदल स्याङ्जा भीरकोटले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै थापाले प्रष्ट पारेका हुन् ।
‘उहाँ (केपी ओली) उमेरले साँच्चिकै बा हुनुहुन्छ । बा भन्दा मलाई पनि कुनै आपत्ति छैन । व्यत्तिगत रुपमा आक्रोश छैन । जेष्ठ नागरिक झापा निवासी खड्कप्रसाद ओलीप्रति सम्मान छ । मेरो आक्रोश प्रधानमन्त्री बेपी ओलीप्रति छ,’ उनले भने ।
उनले आफूलाई सामाजिक सञ्जालमा केपी ओलीका समर्थक रहेका एक युवाले ओलीप्रति निक आक्रोश पोखेको भनेर सोधेको भन्दै जवाफ पनि दिए । उनले भने, ‘म प्रधानमन्त्रीज्यूको टिकटकमा हेरेर म हाँस्दिन । मैले प्रधानमन्त्री जोकर खोजेको होइन । त्यसैले म हाँस्दिन,’ उनले भने, ‘रक्षामन्त्री आफैँ, नजिकको पात्र गृहमन्त्री, अनुसन्धान आफैँमुनी लगेर राख्नु भएको छ । चौतर्फी सुरक्षाको घेरामा भएको प्रधानमन्त्रीले असुरक्षा भयो भन्दा मलाई हाँसो उठ्दैन रिस उठ्छ ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग रिस उठ्नुको कारण अरु पनि सुनाए । ‘वर्षाैँ अघि सुरु भएको योजना अहिले धमाधम शिलान्यास गर्दा मलाई रिस उठ्छ । प्रधानमन्त्री ओली भन्नुहुन्छ कोही पनि मान्छे उपचार नपाएर मर्दैन । मलाई जनकपुरमा जीवनजल नपाएर मरेको राजु सदार सम्झिएर रिस उठ्छ’ उनले भने ।
कालापानीमा भारतले सडक विस्तार गर्दा र चीनले तातोपानी नाकामा सामान अड्काएर राख्दा आफूलाई प्रधानमन्त्रीप्रति रिस उठ्ने थापाको भनाइ छ । ‘प्रधानमन्त्रीले कालापानीमा भारतले बाटो बनाइरहँदा चुइँक्क बोल्नु हुन्न मलाई रिस उठ्छ,’ उनले भने, ‘कालापानीमा व्यापारीका सामान रोकिँदा चीनसँग एक शब्द बोल्न नसक्ने प्रधानमन्त्री देखेर रिस उठ्छ ।’

युरोपेली संघको कूटनीतिक टोली काठमाडौँमा

स्वास्थ्यको कारण संसद् बैठकमा गएनन् प्रधानमन्त्री ओली, सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर…

एकीकृत समाजवादीले समान विचारधाराका वाम समूहलाई समाहित गर्ने

संसदीय समितिमा संवैधानिक परिषद् विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

प्रतिक्रिया