एनएमबिको भिडियो अकाउन्ट ओपनिङमा डिम्याट, मेरो सेयर र सिआरएन अनलाइनबाट नै सुविधा लिन मिल्ने

काठमाडौं – एनएमबिको भिडियो अकाउन्ट ओपनिङमा डिम्याट, मेरो शेयर र सिआरएन अनलाइनबाट नै सुविधा लिन मिल्ने सुविधा ल्याएको छ ।
एनएमबि बैंकले भिडियो केवाइसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाइनबाट नै सुविधा लिन सकिने योजना ल्याएको हो ।
एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरु देखि अन्त्यसम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो ।
ग्राहकहरूले एनएमबि बैंकमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाइसी विवरणहरू अपडेट गर्न सक्दछन् ।
‘एनएमबि बैंकले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दा माथी उठेर बैँकसम्म नआईकनै बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्दछन् । हालको परिवेशमा यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी सहज ढंगले, पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग सेवा प्रदान गर्दछ । यस बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गको सदस्यको नाताले बैंकको वातावरण मैत्री बैंकिङ्ग प्रति पूर्ण प्रतिबद्धतालाई यस्तो प्रकारको सेवाले परिपूर्ति गर्नु रहेको छ’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउण्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

प्रतिक्रिया