साताको प्रथम कारोबारमा १५ अंकले घट्यो नेप्से
कारोबार रकममा कमी

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको प्रथम कारोबारको दिन आइतबार गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन १४.६७ अंकले गिरावट आएको हो ।
आइतबार २६३१.३२ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २६१६.५८ अंकमा ओर्लिएको छ । अर्थात आज नेप्से परिसूचक ०.५६ प्रतिशतले बजार घटेको छ। आज 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक ०.६० प्रतिशत अर्थात ३.०१ अंकले घटेर ४९४ दशमलव ३८ अंकमा उक्लिएको छ ।
आज कारोबार रकममा पनि कमी आएको छ। आइतबार कारोबार भएका २ सय २४ कम्पनीको सेयर कारोबारमा २ अर्ब २७ करोड ४६ लाख २६ हजार १ सय ९१ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो। गत साताको अन्तिम कारोबारको दिन बुधबार २ अर्ब ५७ करोड ४ लाख बराबरको सेयर खरिद बिक्री भएको थियो। आज ४२ लाख ८७ हजार ५ सय ६९ कित्ता सेयर ३५ हजार २ सय १२ पटकको कारोबारमा खरिद बिक्री भएको थियो ।
समूहगत परिसूचकमा आज लगानी बाहेक अन्य १२ समूहको सेयर मूल्य घटेको छ। आज लगानी १ दशमलब ६६ अंकले बढेको छ। सबैभन्दा बढी गुमाउने होटेल तथा पर्यटन समूह १ दशमलव ९६ प्रतिशतले गिरावट आएको छ।
दोहोरो अंकले बजार घट्दा आज कारोबार भएका ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ४१ कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबारमा राष्ट्र उत्थान लघुवित्त तथा इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्यले सकारात्मक सर्किट हानेका छन् । अन्य बढी कमाउने कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा), सप्तकोसी डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त लगायत छन् ।
आज सर्वाधिक कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, जीवन विकास लघुवित्त, नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, अपी पावर कम्पनी, नेपाल बैंक लिमिटेड लगायतका कम्पनी रहेका छन् ।
आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा मैलुङ खोला जलविद्युत आयोजना, शिव श्री हाइड्रो पावर, प्रभु लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स तथा विशाल बजार कम्पनी रहेका छन् ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

प्रतिक्रिया