एनसेल एकैपटक दुई विधाबाट सम्मानित

काठमाडौं – एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ । कम्पनीले गरेका उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाको सम्मान स्वरूप यी पुरस्कार प्रदान गरिएका हुन् ।
सिंगापुरमा अवस्थित ‘एसियन मोबाइल न्युज’ ले सन् २००३ देखि ‘एसियन टेलिकम अवार्ड’ प्रदान गर्न सुरु गरेको थियो । यस अवार्ड कार्यक्रमले एसियाका अग्रणी दूरसञ्चार कम्पनीका उत्कृष्ट उपलब्धि र पहललाई मान्यता दिँदै पुरस्कृत गर्छ । यस अवार्ड अन्तर्गत विभिन्न विधाका विजयी कम्पनीलाई हालै एक भर्चुअल कार्यक्रममार्फत सम्मानित गरिएको थियो ।
नेपालमा भरपर्दो सेवा प्रदान गर्नुका साथै कोभिड–१९ को महामारी माझ देशभर विभिन्न आमसञ्चार माध्यम तथा आफ्नै नेटवर्क प्रयोग गरी सरकारलाई जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याए बापत एनसेललाई ‘टेलिकम कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको हो । त्यस्तै, सरकारको डिजिटलाइजेसन योजनाको मेरुदण्डका रूपमा रहने विश्वस्तरीय डेटा सेन्टर स्थापनाका लागि एनसेललाई ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ पुरस्कारबाट सम्मानित गरिएको हो।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_Uxje8Y6un2_h3zbw32w0yozskibr2xdejstbfvacylsl7pd3eaxoch7rwtp17mhoe6sglcw.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया