एनआरएनएको एकता अधिवेशनका लागि वार्ता समिति गठन

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औ महाधिवेशन सम्बन्धमा उत्पन्न वर्तमान समस्या लाइ समाधान गर्न दुवै पक्ष लचिलो भएका छन । एनआरएनएको १० औ महाधिवेशनका लागि दुवै पक्षले आ–आफ्नो तर्फबाट छुट्टाछुट्टै अधिवेशन घोषणा गरिसकेको अवस्थामा एनआरएनए प्रमुख संरक्षक शेष घलेले आफ्नो तर्फबाट एकताको आव्हान गर्दै वार्ता समिति गठन गरेका छन् ।
वार्ता समितिमा शनिकुमार ओली, बेदप्रसाद खरेल र दुर्गा आचार्य रहेका छन। उक्त वार्ता समितिले सोमबार बेलुकासम्ममा अर्को पक्षसँग छलफल गरि सहमति गराएर एकता महाधिवेशन संयुक्त रुपमा गर्न पहल गराउने जिम्मा दिईएको छ। प्रमुख संरक्षक शेष घलेको उक्त निर्णयको स्वागत गरिएको छ।
केही दिनदेखि प्रमुख संरक्षक घलेलाई एकताको विरोधीको आरोप लगाइएको थियो।
गैर आवासीय नेपाली संघको १० औ महाधिवेशन सम्वन्धमा उत्पन्न वर्तमान समस्या लाइ समाधान गर्न दुवै पक्ष बिच १० औ महाधिवेशन सम्पन्न गर्न सहमती गर्न दुवै पक्ष सहमतिको नजिक पुगेको छ। एनआरएनएलाई फुटबाट बचाउन दुबै पक्ष लचिलो भएपछि एकताको सम्भावना बढेर गएको छ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया