आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

४ सय जना आश्रय लिएको विद्यालयमा रुसकाे बमबारी

प्रतिकात्‍मक तस्‍बिर ।

काठमाडाै‌ँ–रुसी फौजले युक्रेनी बन्दरगाह सहर मारिउपोलमा रहेको एउटा कला विद्यालयमा बमबारी गरेको छ । विद्यालयमा ४०० जनाले आश्रय लिएका थिए । 

हमलापछि भएको मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन् । भवन क्षतिग्रस्त भएको र भग्नावशेषमा मानिसहरु पुरिएको जनाइएको छ । 

यसअघि दक्षिणी सहर माइकोलिभ सहरमा रुसी फौजले युक्रेनको एउटा सैन्य ब्यारेकमा गरेको हमलामा दर्जनौँ सेना मारिएको जनाइएको थियो । सो क्षेत्रमा उद्दार कार्य जारी छ । 

युक्रेन युद्धले  उर्जा, खाद्यन्न, मुद्रास्फीति तथा गरिबीमा ठूलो आर्थिक परिणाम ल्याउने  युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्टले जनाएको छ ।