युक्रेन युद्धमा अहिलेसम्म ८४७ सर्वसाधारण मारिए

जुरिच- युक्रेनमा जारी रुसी हमलाका कारण अहिलेसम्म ८४७ सर्वसाधारण मारिएका छन् । राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले जारी युद्धमा १८ मार्चसम्म उनीहरु मारिएको जनाएको छ ।
अधिकांश हताहतहरू बिस्फोटक हतियारहरू जस्तै तोपखाना र रकेट प्रणालीहरू, मिसाइल र हवाई हमलाहरूबाट भएको जनाइएको छ ।
देशमा ठूलो अनुगमन टोली भएको ओएचसीएचआरले युद्ध प्रभावित केही सहरहरूबाट हताहतको रिपोर्टहरू प्रमाणित गर्न बाँकी रहेको वास्तविक मृतकको संख्या यो भन्दा धेरै हुने जनाएको छ ।
रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । युद्धका कारण २५ लाख भन्दाबढी मानिस युक्रेन छाडेर छिमेकी देशहरुमा शरण लिइरहेका छन् ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया