दक्षिणी युक्रेनमा रुसी सेनाको गोलाबारीपछि कर्फ्यू

किभ– दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । गोलाबारीमा १७ जना घाइते भएका त्यहाँका उपमेयरले जनाएका छन् ।
गोलाबारीपछि जापोरिज्जियामा ३८ घन्टा कर्फ्यू घोषणा गरिएको छ । सो क्षेत्रमा मोटार्स, ट्यांक, हेलिकोप्टर, रकेटमार्फत रुसी सेनाले हमला गरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिलम्ब नगरी अर्थपूर्ण वार्ता गर्न आह्वान गरिरहेका बेला रुसी सेनाले तीव्र हमला गरिरहेको छ । २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा सयौँ मारिएका छन् भने २५ लाख विस्थापित भएका छन् ।
यसैबीच, रुसी सेना युक्रेनको हमलामा परेको मारिओपोलमा ८० प्रतिशत संरचना ध्वस्त भएका छन् । सो सहरमा अहिले पनि लडाइँ भइरहेको छ । सहरमा युद्धको असर नदेखिने एउटा पनि ठाउँ नरहेको सो सहरका मेयरले बताएको बीबीसीले जनाएको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया