एनआरएनए महाधिवेशनः घलेले तयारीका गतिविधिबारे जानकारी लिन डाके भेला

काठमाडौं – एनआरएनएको १० औं महाधिवेशनको पूर्वसन्ध्यामा प्रमुख संरक्षक शेष घलेले तयारीलाई तीव्रता दिएका छन् ।
महाधिवेशनको तयारीका लागि राजधानीमै रहेका उनले निर्वाचन तयारी समिति संयोजक सोनाम लामाको निवासमा बोलाएको भेलामा एनआरएनए पदाधिकारी तथा आकांक्षीहरु र विभिन्न देशबाट आएका अभियान्ताहरु सहभागी थिए ।
वर्तमान नेतृत्वले एकपक्षीय ढंगबाट निर्वाचन कार्यक्रम अघि बढाएपछि विभाजनको संघारमा पुगेको भन्दै घलेले हस्तक्षेप गरी लामाको संयोजकत्वमा चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा भौतिक उपस्थितिमा हुने महाधिवेशनका लागि समिति बनाएका थिए ।
सोही समितिमार्फत भएको तयारीका गतिविधिबारे जानकारी लिन उनले भेला डाकेका हुन् । भेलामा एनआरएनए पदाधिकारीहरुका अलावा अध्यक्षका आकांक्षी कुल आचार्य, महासचिव आकांक्षी डा. केशव पौडेललगायत सहभागी थिए ।
भेलामा प्रमुख संरक्षक घलेले तोकिएकै समयमा राजधानीमा निर्वाचन हुने भन्दै सहभागीता र आवश्यक तयारीका लागि निर्देशन दिएको डा. पौडेलले जानकारी दिए । उनले सबै पक्षलाई सहभागीताका लागि आग्रह गरेका थिए ।
महाधिवेशनको मिति नजिकिएसँगै राजधानीमा एनआरएनए अगुवाहरु भित्रने क्रम जारी छ । हाल एनआरएनए अध्यक्ष कुमार पन्त तथा पूर्व अध्यक्ष जीवा लामिछानेलगायत पनि राजधानीमै छन् । घलेले सबै पक्षलाई समेट्न अधिकतम प्रयास जारी राखेका छन् ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया