आजको सचिवालय बैठकमा नेकपाको छिनोफानो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठक डाकेका छन् । शुक्रबार दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक सचिवालय बैठक डाकेका हुन् । तर, प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली भने बैठकमा सहभागी हुने या नहुने अन्यौल छ । दाहालले बोलाएको आजको बैठमा ओली सहभागी नहुने बालुवाटार स्रोतले जानकारी दियो ।
नेकपाभित्रको विवादले उग्र रुप लिएपछि अर्का अध्यक्ष ओलीले बैठक बस्न अस्वीकार गर्दै आएका थिए । ओलीले विवाद समाधान भएपछि मात्रै बैठक बस्ने बताइरहँदा दाहालले बैठक डाकेका हुन् । दाहालले भने पार्टीभित्रको विवाद बैठकले नै समाधान गर्नुपर्ने अडान यसअघि नै राखेका थिए । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेका विभिन्न विषयबारेमा छलफल अत्यावश्यक भएको महसुस गरी दाहालले बैठक डाकेको बताए । 'सरकारको नेतृत्व गरिरहनुभएका अर्का अध्यक्ष ओलीले पार्टी निर्णय अनुरुप कार्यमा प्रश्न उठेपछि बैठक माग गरिएको थियो । दाहालले सोही माग पूरा गर्नु भएको हो,' श्रेष्ठले इकागजसँग भने 'यो बैठकले सरकार सञ्चालन, पार्टीभित्रको गतिबिध, मुलुकको समस्यालगायत विषयमा गहन छलफल हुनेछ । '
नेकपाका एक सचिवालय सदस्यका अनुसार आजको बैठकले पार्टीभित्रको समस्या समाधान उपाय खोज्नेछ । 'सरकार एकतर्फी पार्टीको निर्णयभन्दा बाहिर गयो' ति सदस्यले भने 'आजको बैठकले छिनोफानो गर्नेछ ।'
कर्णालीमा आफ्नै पार्टीका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव गरेपछि चुलिएको विवाद हाल उत्कर्षमा पुगेको छ । त्यसपछि प्रधानमन्त्री ओलीले आफू खुसी मन्त्रिपरिषद पुनर्गठन र भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेपछि ओली दाहालबीच अविश्वास बढेको छ । बिहीबार अध्यक्षद्वय ओली र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन ।

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आह्वान

नेतृत्वप्रति आक्रोश भए पनि व्यवस्थाप्रतिको समर्थन घटेको छैनः माधव नेपाल

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

प्रतिक्रिया