चीनमा कोभिडबाट २ जनाको मृत्यु

बेइजिङ- चीनमा कोभिडका कारण दुई जनाको मृत्यु भएको छ । एक वर्षपछि पहिलो पटक कोभिडका कारण मृत्यु भएको जनाइएको छ । कोभिडको नयाँ भेरियन्टका कारण चीनमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।
दुबै मृत्यु उत्तरपूर्वी प्रान्त जिलिनमा भएको देशको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । कोभिडबाट सो प्रान्त बढी प्रभावित छ । कोभिडपछि सो प्रान्तका विभिन्न सहरहरुमा लकडाउन र अन्य कडा प्रतिबन्ध लगाइएका छन् ।
चीनमा कोभिडका कारण अहिलेसम्म ४ हजार ६३८ जनाको मृत्यु भएको । शनिबार चीनमा एकै दिन ४ हजार ५१ जना नयाँ संक्रमित देखिएका थिए । यो अघिल्लो दिनभन्दा तुलनात्मक रुपमा थोरै सख्ंया हो । शुक्रबार ४ हजार ३६५ जनामा संक्रमण देखिएको थियो । तीमध्ये आधाभन्दा बढी संक्रमित जिलिनमा देखिएका थिए ।
चीनमा अन्य देशको तुलनामा कोभिडका कारण मृत्यु हुनेको संख्या थोरै छ । बेइजिङको कम्युनिष्ट नेतृत्वले न्यून मृत्यु दरलाई उसको एक–दलीय शासन मोडेलको बलियो प्रमाणको रूपमा प्रचार गरेको छ ।
नयाँ मृत्यु त्यहाँको स्वास्थ्य आयोगको दैनिक रिपोर्टमा लुकाइएको थियो । राज्य नियन्त्रित सञ्चार माध्यमहरुले त्यसबारे केही वर्णन गरेका थिए ।
दबाबबीच शून्नय कोभिड नीति
सन् २०१९ को अन्त्यतिर मध्य सहर वुहानमा कोरोना भाइरस देखिएको थियो । तर, सीमामा कडाई, लामो समयसम्म क्वारेन्टाइन र निश्चित क्षेत्रमा लकडाउन गरेर चीनले कोभिड नियन्त्रण गरेको थियो ।
तर, तीव्र फैलिने ओमिक्रोन भेरियन्टले सरकारको शून्य कोभिड रणनीतिको प्रभावकारिता र दीर्घकालीन रणनीतिमा चुनौती थपेको छ ।
लकडाउनले अर्थतन्त्रमा प्रभाव पार्ने भन्दै हालैका साताहरुमा केही सरकारी स्रोतहरुले चीन कुनै बिन्दुमा पुगेर अन्य देश झैँ कोभिडसँगै बाँच्नुपर्ने सुझाव दिएका छन् ।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया