श्रीमतीलाई हत्या गरेर पत्करले छोप्ने पक्राउ

काठमाडौं - ३९ वर्षीया श्रीमती निशा थेबेको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पाँचथरले एक युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ खोपाङ्गे टोलका ३५ वर्षीय दिलिप नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो । सामान्य विवादको क्रममा घाँटी थिचेर श्रीमती निशाको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा दिलिपले स्वीकारेको पाँचथर प्रहरी प्रवक्ता डम्बर विश्वकर्माले जानकारी दिए ।
बिहीबार बेलुकी अन्दाजी ५ बजेतिर निशा बेपत्ता भएको भन्दै प्रहरी चौकी पौवासारतापमा स्थानीयले जानकारी गराएका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय र पौवासारतापको टोली खोजतलासमा जुटेको थियो । सोही क्रममा निशाको शव घरदेखि अन्दाजी ५ सय मिटर टाढा रहेको सार्की खोल्सास्थित ओढारमा फेला परेको प्रवक्ता विश्वकर्माले बताए ।
उनका अनुसार पत्करले छोपिएको अवस्थामा शव फेला परेको हो । दिलिपविरुद्ध प्रहरीले अाइतबार जिल्ला अदालत पाँचथरबाट अनुसन्धानका लागि म्याद थप अनुमति लिने तयारी गरेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया