बंगलादेशसँग दक्षिण अफ्रिकाको हार

काठमाडौँ- बंगलादेशले शुक्रबार राति दक्षिण अफ्रिकाविरुद्धको पहिलो एक दिवसीय खेलमा ३८ रनको जित निकालेको छ । बंगलादेशले प्रस्तुत गरेको ३१५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४८ ओभर ५ बलमा २७६ रनमा सीमित भयो ।
दक्षिण अफ्रिकाका लागि भान डेर डुसेनले सर्वाधिक ८६ रन जोड्दा डेविड मिल्नरले ७९ रनको योगदान गरे । त्यस्तै, बभुमाले ३१ रन जोडे ।
बंगलादेशका लागि मेहदी हसन मिराजले चार, तास्किन अहमदले तीन,सोरिफुल इस्लामले दुई तथा महमदुल्लाहले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३१४ रनको योगफल तयार पारेको थियो ।
बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक ७७ रनको योगदान गरे । त्यस्तै लिट्टन दार र यासिर अलीले समान ५० रन जोड्दा कप्तान तमिम इकबालले ४१ रनको योगदान गरे ।
यससँगै बंगलादेशले तीन एकदिवसीय खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया