१४ वर्षीय किशोर हत्याका तीन जना आरोपित पक्राउ

वीरगन्ज : बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२३ भलुही टोलका १४ वर्षीय किशोरको हत्यामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । १४ वर्षीय किशोर शाहिद मंसुरीको हत्या आरोपमा तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–२३ भलुही टोल बस्ने २५ वर्षीय कियामुद्दिन मंसुरी, त्यही स्थानका २१ वर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आबेदिन मियाँ अन्सारी रहेका छन् ।
घरबाट बेपता भएको १७ दिनपछि मंसुरीको शव गत फागुन २८ गते सडिसकेको अवस्थामा भेटिएको थियो । पक्राउ परेका तीनै जनाले हत्या स्वीकारेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले दाबी गरे । पारिवारिक तथा जग्गासम्बन्धी विवादका कारण बालकको हत्या भएको अनुसन्धानबाट खुलेको उनले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया