अफगानिस्तानमा तालिवानले छात्रालाई पनि विद्यालय जान दिने
न्युयोर्क - अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ । सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिवान सरकारको निर्णयको सर्वत्र आलोचना भएको थियो ।
उनीहरूले महिलालाई रोजगारीसमेत गर्न प्रतिवन्ध लगाएका थिए । तर सर्वत्र आलोचना भएपछि निर्णय फिर्ता लिइएको बताएका छन् ।
आलोचना, आग्रह र दवावका कारण महिला अधिकारको पुनर्वहाली गर्ने तालिवान सरकारको निर्णयप्रति संयुक्त राष्ट्रसङ्घले धन्यवाद ज्ञापन गरेको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विद्यालयमा छात्रालाई अध्ययन अध्यापन गर्ने दिने तालिवान सरकारको निर्णयको स्वागत गरेका छन् ।
अर्को हप्तादेखि छात्रसँगै छात्रालाई पनि विद्यालय जान दिने निर्णय सुनेर आफू हर्षित भएको उनले शुक्रबार उल्लेख गगरेका छन् । तालिवान सरकारले यही मार्च २२ देखि छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वन गर्ने अधिकारीले जनाएका छन् ।
छात्रसँगै छात्रालाई पनि शिक्षाको अधिकार दिएपछि उनीहरूको अन्य सुरक्षाको विषयमा पनि तालिवान सरकारको ध्यान पुग्ने उनले अपेक्षा व्यक्त गरेका छन् ।
बालिकालाई पढ्न दिने तालिवान सरकारको निर्णयको अन्य अन्तरराष्ट्रिय निकाय तथा मानवअधिकारवादी संघ संगठनले पनि स्वागत गरेका छन् ।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया