कक्षा १२ को परीक्षा तालिका सार्वजनिक : कुन दिन कुन विषय ?

काठमाडौं - कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख १६ गतेबाट सुरू हुने परीक्षाको तालिका सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आज बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
उनले भने ‘आज बसेको बैठकले १६ गतेदेखि परीक्षा निर्णय गरेका छौं । समयतालिका सार्वजनिक गर्ने तयारी गरिरहेका छौं ।’ यस अघि जेठ १८ गतेदेखि हुने भनिए पनि आज बसेको बोेर्डको बैठकले १६ गतेदेखि गर्ने निर्णय गरेको हो ।
परीक्षा ९ दिनसम्म सञ्चालन गर्ने तयारी छ। बोर्डले परीक्षाको तालिका छिट्टै प्रकाशन गर्ने बताएको छ। बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षाकेन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ ।
बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् । विद्यार्थीको भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन हुने बाेर्डले जनाएकाे छ ।
यस्ताे छ तालिका

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया