मीना हत्या प्रकरण : चार जनालाई थुनामा राख्न आदेश

डोटी : दिपायल सिलगढी नगरपालिका-२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम, सासू दुर्गा र उहाँकी बहिनी रम्भा दमाईँलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो ।
गत फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुनसक्ने जनाउँदै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदातलमा जाहेरी दिएको थियो । अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । रासस
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया