श्रीलंकामा बस दुर्घटना हुँदा ३२ जना घाइते

एजेन्सी – श्रीलंकाको दक्षिणी भागमा पर्ने वालस्मुल्लामा शुक्रबार एक बस रुखमा ठोक्किदाँ यसमा सवार विद्यालयका ३२ जना विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ ।
विद्यार्थीहरु शैक्षिक यात्राबाट फर्कदै गर्दा ‘ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते विद्यार्थीलाई स्थानीयवासीले वालस्मुल्ला अस्पतालमा पुर्याएका छन् ।
श्रीलंकाले सन् २०२१ डिसेम्बर २५ देखि ३१ सम्म मात्र ५२ वटा घातक मोटर दुर्घटनाहरू भएको जनाएको छ ।
यस दुर्घटनामा परी ५३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आधिकारिक तथ्याङ्कअनुसार सन् २०२१ मा कुल २ हजार ३६५ घातक मोटर दुर्घटनाहरू भएका र यसमा परी २ हजार ४६१ जनाको मृत्यु भएको थियो ।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया