संखुवासभामा दुई जना नक्कली प्रहरी पक्राउ

काठमाडाैँ – संखुवासभामा दुई जना नक्कली प्रहरी पक्राउ परेका छन् । नक्कली प्रहरीको रुपमा ठगी गरेको आरोपमा पाँचखपन नगरपालिका ४ का अर्जुन तामाङ र रमेशकुमार तामाङ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले उनीहरुलाई नक्कली प्रहरीको पोसाकसहित पक्राउ गरिएकाे बताए ।
पक्राउ परेका रमेशले श्रीमति प्रमिला सार्कीलाई अपहरण गर्न ४ जना नक्कली प्रहरी परिचालन गरेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीका अनुसार पक्राउ परेका रमेश र प्रमिलाबीच विगत ६ महिनादेखि मनमुटाब थियो ।
उनीहरुको साथबाट प्रहरी नायव निरीक्षक, प्रहरी हवल्दार र जवानको दर्ज्यानी चिन्हसहितको पोसाक र जुत्ता फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अझै २ जना नक्कली प्रहरी फरार छन् ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया