एनसेलले ल्यायो सबैभन्दा सस्तो दैनिक जीबी प्याकहरू

काठमाडौँ - एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरू ल्याएको छ। यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ।
ग्राहकले अब करसहित एक सय २९ रुपैयाँमा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिँदै प्रतिदिन सात दिनसम्म १ जीबी डेटा प्रयोग गर्न सक्छन्। त्यसैगरी, १४ जीबी अल टाइम डेटा प्याक एक सय ९९ मा लिएर सात दिन सम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्छन्।
यी दुई दैनिक जीबी डेटा प्याकबाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै सञ्चालनमा रहेका डेटा प्याकहरूमा डेटा भोल्युम पनि बढाएको छ। यसअन्तर्गत ग्राहकहरूले पहिले कै मूल्यमा थप भोल्युम सहितको डेटा प्याकबाट फाइदा लिन सक्छन्। भोल्युम बढाइएको डेटा प्याक अन्तर्गत ग्राहकले मात्र एक ६९ मा १०.५ जीबी डेटा खरिद गरी दैनिक १.५ जीबी डेटा सात दिनसम्म प्रयोग गर्न सक्छन्। पहिले यही शुल्कमा ग्राहकहरूले दैनिक १ जीबीका दरले सात दिनसम्म कुल ७ जीबी पाइरहेका थिए।
धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब दुई सय ६९ रुपैयाँमा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले सात दिनसम्म प्रयोग गर्न सक्छन्। यस अघि ग्राहकले सोहि मूल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले सात दिनसम्म पाइरहेका थिए। त्यसैगरी, एनसेलका ग्राहकले अब पाँच सय ९९ रुपैयाँमा ४२ जीबी डेटाको फाइदा लिन सक्छन् जस अन्तर्गत ग्राहकले हरेका दिन २८ दिन सम्म १(५ जीबी डेटा प्रयोग गर्न सक्छन्।
यी नयाँ तथा परिमार्जित प्याकहरू आज बुधबार चैत २ गतेबाट सञ्चालनमा ल्याइएका हुन्। प्रिपेड ग्राहकले *१७१२३*१# डायल गरी प्राप्त निर्देशन अनुसार सुरू गर्न सक्छन्। त्यस्तै, ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरू खरिद गर्न सक्छन्।
दैनिक जीबी डेटा प्याक अन्तर्गत ल्याइएका नयाँ अल टाइम डेटा प्याकहरू र थप गरिएका डेटा भोल्युमहरूले ग्राहकहरूलाई आफ्ना परिवार तथा साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहिरहन र फागु पर्वलाई अझै धेरै रमाइलो बनाउँदै खुसीयाली साटासाट गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।

कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

नेपाली बजारमा थपियो राइड सेरिङ प्लाटफर्म याङ्गो

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_5s1pCeurkD_wfz5welgpyeaaxgugdh912jqflwggcj5rjo1ez1jabhj5uzcykobwxygbvbl.jpeg)
प्रतिक्रिया